देशभरीका पालिकाहरु निमित्तकै भरमा

काठमाडौं । दुई महानगर, ९ उपमहानगर र ५५ वटा नगरपालिकामा दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत छैनन् । ६० गाउँपालिकामा ६० वटा प्रमुख प्रशासकीय अधिकृत खाली छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी अभावमा दुई महानगरपालिका र ९ वटा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको छैन । ६ वटा महानगरपालिकामध्ये भरतपुर र बीरगंजमा प्रमुख प्रशासकीय अधिकृत रिक्त छ ।

प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका उपमहानगरपालिकाहरुमा इटहरी, जनकपुर, जीतपुर–सिमरा, कलैया, हेटौंडा, बुटवल छन् । दाङका दुवै उपमहानगर घोराही र तुलसीपुरमा पनि प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको छैन । सुदूरपश्चिम प्रदेशको एकमात्र धनगढी उपमहानगरमा पनि प्रमुख प्रशासकीय अधिकृत रिक्त छ । धरान र नेपालगंज उपमहानगरपालिकामा मात्र प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन् ।

काठमाडौं महानगरपालिकामा विशिष्ट श्रेणी(सचिव) र ५ नगरपालिका र ११ उपमहानगरपालिकामा सहसचिवको दरबन्दी राखिएको थियो । काठमाडौं महानगरपालिकामा पनि सचिवको दरबन्दी काटेर सहसचिव नै कायम गरिएको छ । काठमाडौं महानगरपालिकामा सचिवको दरबन्दी कटौती गरिसकिएको छ । महानगरपालिकामै प्रमुख प्रशासकीय अधिकृत खटाउन सामान्य प्रशासन मन्त्रालयले नसकेर उपसचिवको भरमा कामकाज चलाइरहेको छ ।

यस्तो अवस्थामा उपमहानगरपालिकामा सहसचिवको दरबन्दी राखिरहनुको औचित्यमाथि नै प्रश्न उठेको छ । कर्मचारी नै नभएपछि उपमहानगरपालिकामा सहसचिवको दरबन्दी राख्ने कि नराख्ने भन्ने बिषयमै पुनर्विचार गर्नुपर्ने अवस्था आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारी बताउँछन् ।त्यसैगरी, २ सय ७६ नगरपालिकामध्ये ५५ वटा नगरपालिकामा दरबन्दी अनु्सारको प्रमुख प्रशासकीय अधिकृत छैनन् ।

नगरपालिकामा उपसचिव प्रमुख प्रशासकीय अधिकृत हुने ब्यवस्था छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीका अनुसार २ महानगर, ९ उपमहानगर र ५५ वटा नगरपालिकामा दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत छैनन् ।प्रवक्ता अधिकारीले भने–‘चार सय ६० गाउँपालिकामध्ये ६० वटामा प्रमुख प्रशासकीय अधिकृत खाली छ ।

छैटौं तहको कर्मचारीले निमित्त प्रशासकीय अधिकृतको कामकाज गर्नुपरेको छ ।’स्थानीय तहमा दरबन्दी अनुसारको कर्मचारी खटाउन नसक्नुको मुख्य कारण लोकसेवा आयोगबाट रिक्त दरबन्दीमा पूर्ति नहुुनु नै मुख्य कारण भएको प्रवक्ता अधिकारीले बताए ।

उनले भने–‘गतबर्ष कोरोना महामारीका कारण रिक्त ३ सय ९१ शाखा अधिकृतको परीक्षा नै आयोगले लिन सकेन । चालु बर्षमा पनि रिक्त भएको १ सय भन्दा बढी शाखा अधिकृत पदपूर्ति हुन नसक्दा दरबन्दी अनुसारको कर्मचारी अभाव भएको हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..