यातायात कार्यालय जनकपुरमा छापा अख्तियारको नौटंकीलेहाकिम उम्किए

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले २०७७ माघ १३ गते जनकपुर यातायात कार्यालयमा छापा मारेर सोफा, खाट र दराजबाट दुई लाख तैस हजार आठ सय र दलालबाट पचास हजार घुस रकम बरामद ग¥यो । जनकपुर यातायातका कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई अख्तियारले उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

ट्रयाक्टर, स्काभेटरलगायतका कृषि र निर्माणस“ग सम्बन्धित साधनको लाइसेन्स्को परीक्षा लामो समयदेखि हुन सकेको थिएन । कृषिका लागि ट्रयाक्टर अनिवार्य हुन्छ । तर यातायात कार्यालयले लाइसेन्स् परीक्षा नलि“दा ट्रयाक्टर चलाउन चाहने कृषकहरू मारमा परेका थिए । यातायात कार्यालय जनकपुरका कर्मचारीले घुस प्राप्त नहुने भएपछि ट्रयाक्टरको लाइसेन्स् परीक्षा सञ्चालन नै नगरी कार, ट्रक र मोटरसाइकलको मात्र लाइसेन्स् परीक्षा लिने गरेका थिए ।

ट्रयाक्टरबाट घुस नआउने तर कार र मोटरसाइकलबाट घुस मागेजति आउने भएपछि यातायातका कर्मचारीहरूले परीक्षा लिन आलटाल गर्दै आए । ट्रयाक्टर सञ्चालन गर्न चाहने कृषकहरूले एकमुष्ठरुपमा बिचौलिया भगतलाई घुस प्रस्ताव गरेपछि ट्रयाक्टरको परीक्षा लिन यातायात कार्यालय सहमत भयो । बिचौलिया भगतमार्फत घुसको रकम मंगलबार यातायात कार्यालयमा बुझाएको सुचना बर्दिबास अख्तियार कार्यालयमा पुगेपछि अपरान्ह ४ः३० देखि छापा मारेर घुस रकम खोजी हुन थाल्यो ।

तीन घण्टासम्म खोजबिन गर्दा सोफा र खाटमा घुस बरामद भयो । घुस बरामत भएपछि अख्तियारको टोलीले कार्यालय प्रमुख वीरेन्द्र शाहलाई नियन्त्रणमा नलिई कार्यालय सहयोगीलाई मात्र लिएर होचाको मुखमा घोचो भन्ने उखान चरितार्थ गरेको छ । कार्यालयबाट घुस बरामद भएपछि कार्यालय प्रमुखलाई नै नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्नेमा अख्तियारले कार्यालय सहयोगीलाई हिरासतमा लिएर बहादुरी देखाएको छ ।

सानालाई ऐन, ठूलालाई चैन भन्ने उखान जनकपुर यातायात कार्यालयका प्रमुखलाई उन्मुक्ति दिएर कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएपछि पुष्टि भएको छ । कार्यालय प्रमुख शाहले शक्ति केन्द्र गुहारी आफूलाई जोगाउन हारगुहार गरेपछि कार्यालय सहयोगीलाई पक्राउ गरी अख्तियारले नौटंकी देखाएको छ । कार्यालय प्रमुख शाहको मिलेमतो बिना घुस कारोबार कसरी भयो, उक्त रकम कार्यालय परिसरमा कसरी लगियो ?

यी यावत कुराहरूको जवाफ अख्तियारले दिनुपर्ने हुन्छ । जनकपुर यातायात कार्यालयमा २०७७ माघ १३ गते गरेको स्टिङ अपरेशन पछि अख्तियारको कदमले भ्रष्टाचार नियन्त्रण होइन, झन् वृद्धि हुने देखिन्छ । माथिल्ला कर्मचारीलाई जोगाउन निम्नस्तरका कर्मचारीलाई फसाएर जागिर चट् बनाउने कार्यले भ्रष्टाचार नियन्त्रण होइन, अख्तियारको साखमै धक्का पुग्ने कुरामा आयोग सचेत हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..