नेपाली सेना : दक्षिण सुडानको सुरक्षा स्थितिमा सहयोग पुर्‍याउदै

काठमाडाैं । सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको विश्वको सबैभन्दा कान्छो मुलुक दक्षिण सुडानमा जातीय द्वन्द्व जारी रहेको छ । लामो समयदेखिको आन्तरिक द्बन्द्बको कारण दक्षिण सुडानमा करिब ४,००,००० बढीले ज्यान गुमाई सकेका छन् भने लाखौ विस्थापित भएका छन् ।

राष्ट्रपति साल्भा कीरले विपक्षी पार्टीका नेता हाल उपराष्ट्रपति रिक माचारका साथ संयुक्त सरकार गठन गरेपश्चात् पनि उनीहरु बिच अविश्वास कायमै रहेको कारण अझै अस्थिरता रहिरहेको हुँदा असन्तुष्ट विद्रोही समूहहरु र राष्ट्रिय सेना बिचको द्वन्द्व निरन्तर नै रहिरहेको छ ।

उक्त देशको स्थापना कालदेखि नै United Nations Mission in South Sudan (UNMISS) मिशनको तैनाथी रहेको र Protection of Civilian (POC) अर्थात नागरिकहरुको संरक्षण गर्नु उक्त मिशनको मुख्य म्यान्डेट रहेको छ । संयुक्त राष्ट्र संघको जटिल मिशन मध्ये एक UNMISS मिशनमा हाल ७३ वटा देशहरुका करिब २०,००० शान्ति सैनिक कार्यरत रहेका छन् ।


नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आह्वानमा उक्त द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र दक्षिण सुडानमा सन् २०११ मा फोर्स रिजर्भ बटालियनको रुपमा पहिलो पटक सहभागिता जनाएकोमा हाल Surge Battalion १ (एक) र High Readiness Company १ (एक) थप तैनाथ भएका छन्। दक्षिण सुडानमा नेपाली शान्ति सैनिकले निर्वाह गरेको सराहनीय भुमिकाको कारण मिशनमा सहभागिता बृद्धि भएको तथा यसले अन्तर्राष्ट्रिय स्तरमा शान्ति मिशनमा नेपाली सेनाको विश्वसनीयता बढेको नेपाली सेनाल दावी गरेकाे छ ।

पछिल्लो समयमा नेपाली शान्ति सैनिकले उक्त देशको दक्षिणी क्षेत्रमा रहेको Lainya ईलाकामा गरेको अपरेशनले स्थानीय बासिन्दाको विश्वास जित्न सफल भएको छ । २०७७ पुस महिनामा उक्त ईलाकामा विद्रोही संगठन National Salvation Front (NAS) र स्थानीय बासिन्दा बिच झडप भई १३ जनाको मृत्य भए पश्चात् अचानक अस्थिर भएको सुरक्षा अवस्थामा थप हिंसा भड्कन नदिन तथा स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिलाउन नेपाली शान्ति सैनिक तत्काल परिचालित भइ Temporary Operating Base (TOB) स्थापना गरेको र स्थानीय प्रशासनको समन्वयमा विभिन्न अपरेशनल कार्यहरु संचालन गरेर Lainya लगायत Lourubang तथा Loka ईलाकाहरुको सुरक्षा स्थिति नियन्त्रणमा ल्याउन सफल भएको थियो ।

शुरुमा करिब ५०० जना विस्थापित स्थानीय जनताहरु नेपाली शान्ति सैनिकको TOB नजिकै सुरक्षाको लागी आश्रय लिन आएकामा नेपाली सेनाको सफल सुरक्षात्मक कार्वाहीहरुका कारण सुरक्षा स्थिति सामान्य हुँदै गएपछि स्थानीय जनताहरु आ-आफ्नो घर फर्केका थिए ।

त्यसैगरी दुई महिना अघि दक्षिण सुडानको Lakes State को Cueibet ईलाकामा अन्तर जातिय द्वन्द्वको प्रवल सम्भावना देखिएको थियो । स्थानीय दुई जातिबीचमा हुन लागेको हिंसालाई नेपाली सेनाले समयमै हस्तक्षेप गरेर स्थानीय जनताहरुको रक्षा तथा दुई पक्षबीच वार्ता गराएर समस्यालाई सामान्यीकरण गरेको थियो । उक्त सफलताको दक्षिण सुडान सरकार र संयुक्त राष्ट्र संघले नेपाली सेनाको प्रशंसा गरेका थिए ।

दक्षिण सुडानको राजधानी Juba मा तैनाथ गोरखबहादुर गण (शा से ७ औं डफ्फा) का गणपति प्रमुख सेनानी सुशील प्याकुरेलका अनुसार मुख्यतया सुख्खा मौसममा गाई वस्तुहरुको बसाई सराईकाे कारण भड्किन सक्ने हिंसाहरुको स्थान पहिचान गरी उक्त स्थानमा नेपाली शान्ति सेनाले Temporary Operating Base (TOB) स्थापना गरी अपरेशनल कार्यहरु संचालन गर्ने गरेकोले स्थानीय समुदायमा नेपाली सेना प्रति विश्वास बढ्दै गएको जानकारी दिनु भएको छ ।

हाल ५२ जना महिला शान्ति सैनिकहरु उक्त मिशनमा कार्यरत रहेका छन् । प्रत्येक शान्ति सेनामा सहभागी भएका युनिटहरुमा रहने Female Engagement Team ले समुदायमा गएर विभिन्न लैंगिक संवेदनशिलता सम्बन्धी कार्यक्रम संचालन गर्नुका साथै महिला तथा Vulnerable समुदायको लागि सुरक्षित वातावरण बनाउनमा मद्दत गर्दछ । साथै सन् २०१५ मा UNMISS मिशनको इतिहास मै पहिलो पटक नेपाली महिला शान्ति सैनिकहरु उक्त मिशनमा संचालन भएको “बार्ज अपरेशन” मा सहभागी कुल ४० जना शान्ति सैनिकहरु मध्ये ११ जना महिला शान्ति सैनिकहरु सहभागी भई प्रशंसनीय कार्य गरेका थिए ।

अत्यन्त जोखिम वातावरणमा उक्त बार्ज कन्भोएले दक्षिण सुडानको राजधानी Juba बाट १७०० कि.मि. टाढा Malakal र Melut भन्ने स्थानमा UNMISS मिशनको राशन, इन्धन तथा मानवीय सहायताका सामाग्रीहरु ढुवानी गरेको थियो ।

UNMISS Mission मा तैनाथ नेपाली शान्ति सैनिकहरुको यस प्रकारको सक्रिय र सशक्त कार्वाहीहरुले दक्षिण सुडानको शान्ति स्थापनार्थ कार्यमा विशेष योगदान पुर्‍याउदै आइरहेको र यसै सन्दर्भमा नेपाली शान्ति सैनिकहरुले आफ्नो कर्तव्य तथा जिम्मेवारीलाई उच्चस्तरको व्यवसायिकता, समर्पण र प्रतिबद्धताका साथ दक्षिण सुडानमा कार्य गर्दै आइरहेका छन् भन्दै UNMISS मिशनका फोर्स कमाण्डर लेफ्टिनेंट जनरल शैलेश तीनाइकरले मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..