नेपाली सेनाका सवारी चालकप्रति काखा र पाखा किन ?

काठमाडौं । सेनाको इतिहासमा अहिलेसम्म सेनाको नेतृत्वमा रहेर सम्पूर्ण फौजहरुको हक हितको लागि सुधार उन्मुख नेतृत्व गर्ने प्रधान सेनापतिमा नगन्य रुपमा औंलाले गन्न सकिने मात्र छन् । क्रमश धर्मपाल वरसिंह थापा र हालका प्रधान सेनापति पूर्णचन्द्र थापाको नाम विशेष रूपमा आउँछ । हालका प्रधान सेनापति पूर्णचन्द्र थापाज्यूले नेपाली सेनामा गर्नुभएको सुधारको प्रयासलाई स्वागत गर्नैपर्दछ । तर उहाँमा केही सुधार गर्नु आवश्यक काम बाँकी रहँदा रहँ आफ्नो जिम्मेवारीको अर्थात कार्यकालको उत्तरार्द्धमा लम्कदै गर्दा केही कुरामा ध्यान नजादा भने सारा जवानहरु चिन्तित हुनु स्वभाविकै हो ।

त्यस्ता विकृतिको उदाहरण प्रस्तुत गर्दा जुन नेपाली सेनाको महत्वपूर्ण विभाग मध्ये शान्ति सेना ड्राइभर छनौटका नीति निर्माणहरु एकदमै अव्यवहारिक र विभेदकारी नियम नीतिहरुले आज सारा नेपाली सेनाका ड्रइभर टे्डका जावनहरुलाई असन्तुष्ट मात्र बनाएको छैन कि फौज फौजको बिचमा मै वैमनस्यता र आक्रोश उत्पन्न गराएको छ । यस्तो आक्रोश र असन्तुष्टिको उत्पन्न हुनुमा सेनाको नीति निर्माण तहमा रहेर आफ्ना मान्छेका र आफूलाई मनपर्ने पल्टनको लागि अनुकूल हुने नीति निर्माण गर्नु नै हो । जुन विभेदकारी नीतिले नेपाली सेनाका हजारौं जवानहरुको मनमा नराम्रो चोट सहन विवश छन् ।

श्रीमान प्रधानसेनापतिज्यू, शान्ति सेनामा भाग लिनको लागि आजभन्दा ८/१० वर्ष पहिला MPV, APC ड्राइभरले बिना तालिम हेभी गाडीको अनुभवले मिसनमा MPV को डिउटी पूरा गरेको सर्वविदितै छ । तर अहिले हेभी गााडीको डिउटीका अनुभव बटुलिसकेका ड्रभइरहरु MPV, APC ड्राइभिङका कोर्ष गरी अनुभव र प्रमाणपत्र खल्तीमा बोकेर बसेका छन् । तर विडम्बना ती कोर्ष गरेर बसेका ड्राइभरहरु अन्याय सहन नसकेर बाध्यता बस राजीनामा गइरहेका छन् ।

किनकि पूर्व उपरथी राजेन्द्र कार्की जर्नेलले नेपाली सेनाको नीति निर्माण तहमा रहँदा यस्तो नीतिको परिकल्पना गर्नुभयो कि युद्ध कवच गणमाा कमाण्ड गरेको कारण युद्धकवच गणमा रहेका सम्पूर्ण हल्का सवारीको लाइसेनसको भरमा पटक पटक हेभी र MPV गाडीमा शान्तिसेना डिउटी लिनको जानलाई पाउने गरी नीति बनाउनुभयो । तर अरु पल्टनका जवानहरुलाइृ भने हेभी र MPV, APC को तालिम गरेर अनुभव र प्रमाणपत्र लिएर निश्चित अवधिसम् कुरेर बस्दा पनि शान्ति सेनामा भाग लिन जानलाई अंकुश लगाउने नियमको कारबाही अगाडि बढाउनुभयो ।

किनकि सबै ड्राइभरहरु कम छनौट हुने आशंकाले गर्दा र ४/५ पटक मिसन जाने युद्धकवच गणका फौजलाई केही समयढ कुनुपर्ने कारणले गर्दा उहाँले यस्तो विभेदकारी र हास्यास्पद नियमले अरु पल्टनका ड्राइभरहरुलाई हेभी लाइसेन्स निकालेको र परीक्षणकाल सकिएपछि MPV, APC ड्राइभिङको तालिम पूरा गर्दा पनि शान्तिसेनामा भाग लिन जानलाई अंशुक लगाइयो । किनकि शान्ति सेनामा MPV मा २/३ जनालाई पहिला पनि MPV ड्राइभरमा भाग लिएको हुनुपर्ने रे । यो कस्तो हास्यास्पद र विभेदकारी नियम हो ? चिफसाव त्यसो भए एकपटक पनि मिसनमा भाग नलिएका फौजालाई मिशनमा भाग नै लिएको छैन मिसनको अनुभव छैन पठाउन मिल्दैन भने भैहाल्यो नि । नत्र भने हेभी डिउटी गरेको फौज (ड्राइभर) MPV ड्राइभिङ तालिम प्राप्त फौजले MPV मा भाग लिनको लगि फेरि MPV मा शान्ति सेना गएको हुनपर्ने यो कस्तो नियम हो चिफसाव ?

हामी सेनाका सवारी चालक भन्दा पनि याे त नाबालक बच्चाले पनि नपत्याउने असान्दर्भिक र अव्यवहारिक नियमको तर्जुमा गर्दा किन चिफसावलाई जानकारी नदिइकनै लागू भयो ? के यस्ता विभेदकारी नीतिले गर्दा आज नेपाल सेनाका इमान्दार र सफादारको बिल्लालाई जनमानसमा यस्तै पहुँच र शक्तिकाे धाकधक्कु साेर्सफाेर्स देखाइदिने हो र ? हामीलाई थाहा छ, यस्तो नियम बनाउनुको रहस्य युद्धकवच गणका फौजलाई छिटो छिटो ४/५ पटक शान्ति सेनाकाे मिसनमा भाग लिने अफर आओस् भनेर नै हो ।

युद्धकवच गण कुन ग्रहबाट आएको सेना हो र उसलाई अनुकूल हुनेगरी मात्र नेपाली सेनाले नियम कानूनको तर्जुमा गर्नुपर्ने ? आखिर योग्यता र क्षमता भएका सबै ड्राइभरहरुले MPV मा ट्रायलमा भाग लिनको लागि हेभी ड्राइभिङजस्तै मिसनबाट फर्केको अवधि र उमेरहद पनि तेस्रो पटकको लागि १९ वर्ष र चौथो पटकलाई २० वर्ष गर्दा के बिग्रन्छ र ? पहिला मिसन जुन ट्रेडमा गएपनि ट्रायलमा भाग लिनको लागि सम्बन्धित ट्रेडको तालिमको अनुभव र प्रमाणत्रले नै सरिक हुँदा नेपाली सेनाकै हित हुन्छ किनकि एउटा हेभी ड्राइभर राजीनामा जान बाध्य हुन्छ र अर्काे ड्राइभर उत्पादन गर्नको लागि संस्थाकाे कत्ति धेरै पुँजी, समय, इन्धन र उपकरणहरु खर्च हुन्छन् ।

युद्धकवच गणका फौजले शान्ति सेनामा भाग लिनु अलावा नेपालमा त्यही आफ्नो पेरोमिटर भित्र २ चक्कर गाडी घुमाउनुभन्दा अरु के कति मुभका गाडीहरुमा रासन, लत्ताकपडाहरु कति वटा प्रदेश पृतनामा पु¥याउन गएको छ र ? बरु एउटा दुर्गम जिल्लामा तैनाथ फौजले ड्राइभरको भूमिका राम्रो निर्वाह गरेको छ । युद्धकवच गणको डिउटी भनेको शान्ति सेनामा अदली बदली भन्दा अरु आफ्नो क्याम्प सुरक्षा गर्नु मात्र हैन र त्यसैले जसले जे जति आफ्नो भूमिका निर्वाह गरेपनि पाउने सुविधामा सम्पूर्ण फौजलाई अवसर बराबर मिलोस् हाम्रो यही कामना छ चिफसाब ।

प्रधान सेनापति पूर्णचन्द्र थापाज्यू कै समयमा नेपाली सेनाका हामी पीडित सवारी चालकहरूले न्याय पाउने अपेक्षा गरेका छाैं । स्वस्थ, स्वच्छ नेपाली सेना निर्माण गर्ने प्रधान सेनापति पूर्णचन्द्र थापाको अभियान सफल हाेस् भन्ने कामनासहित विदा हुन्छाैं । (फाेटाे गुगल सर्चबाट)

– दुर्गम जिल्लामा तैनाथ नेपाली सेनाका पीडित सवारी चालकहरू

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..