कोरोनाको आर्थिक प्रभाव : लाखौं मजदूर रोजगार विहीन

काठमाडौं । अहिले रोजगारी गुमाएका सयौं मजदुरको अवस्था कारुणीक छ । केन्द्रीय तथ्याङ्क विभागको गत वैशाखमा सार्वजनिक गरेको नेपालको श्रमशक्ति सर्वेक्षणअनुसार १५ वर्ष वा सो भन्दा बढी उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजार छ ।

त्यसमध्ये ७० लाख ८६ हजार जनसङ्ख्या रोजगारीको क्षेत्रमा संलग्न देखिन्छ । त्यसमा पनि १५ प्रतिशत अर्थात् १० लाख ९१ हजार २ सय ४४ जना सङ्गठित क्षेत्रमा कार्यरत मजदुरहरू रहेका छन् भने बाँकी ८४ दशमल ६ प्रतिशत जनसङ्ख्या असंगठित क्षेत्रमा काम गर्छन ।

कोरोना संक्रमण तथा निषेधाज्ञा र लकडाउनपछि करिब ६० लाख मजदुरले रोजगारी गुमाएको विभिन्न अध्ययनले देखाएको छ । रोजगारी गुमाउनेमा इटा भट्टा, घर, सडक जस्ता भौतिक संरचना निर्माण, होटल रेष्टुरेन्ट, तथा पर्यटन क्षेत्रमा काम गर्ने मजदुर अत्याधिक रहेका छन् ।

ग्रामीण क्षेत्रबाट सहरमा मजदुरी गर्न छिरेका कैयौँ मजदुरहरू ५/६ दिनसम्म पैदल हिँडेर घर फर्केका संवेदनायुक्त दृष्यहरुले पनि मजदुरको अवस्थालाई चित्रण गर्छ ।

लकडाउनपछि सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने करिब २१ लाख जनसंख्या पनि बेरोजगार भएको थिए, भने अहिले सार्वजनिक यातायात सञ्चालनमा आएपछि उनीहरुलाई केही राहत भएको छ ।

साना तथा ठूला उद्योग तथा कलकारखानामा काम गर्ने करिब २ लाख कामदार पनि काम ठप्प भएपश्चात् रोजगारी विहीन भएका थिए । कोरोना भाइरसको महामारीले विश्वका झन्डै ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको छ ।

संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले विश्वभर फैलिएको कोरोना महामारीका कारण ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको नयाँ तथ्य सार्वजनिक गरेको हो ।

आईएलओका अनुसार विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित बनेका छन् । महामारीको सबैभन्दा ठूलो मार अनौपचारिक क्षेत्रमा परेको छ । विश्वभरका तीन अर्ब ३० करोड जनशक्तिमध्ये दुई अर्ब मजदुर अनौपचारिक क्षेत्रमा काम गर्ने गर्छन् ।

उनीहरूमध्ये एक अर्ब ६० करोडको जीविका कोरोनाले खोसेर भोकभोकै बस्नुपर्ने अवस्थामा पु¥याएको आइएलओले जनाएको छ । अनौपचारिक क्षेत्रका कामदारसँग वैकल्पिक आय गर्ने अन्य माध्यम नहुने भएकाले ती कामदार र तिनमा आश्रित परिवारको बाँच्ने आधार नै गुमेको छ ।

विश्वमा अहिले पारिश्रमिक न्यून हुने र रोजगारीको कुनै सुरक्षा नभएका होलसेल र रिटेल व्यापारको क्षेत्रमा ४८ करोड २० लाख मानिस काम गर्छन् ।

त्यसैगरी, म्यानुफ्याक्चरिङमा ४६ करोड ३० लाख कामदार छन् भने यातायात, स्टोरेज र सञ्चार उद्योगमा काम गर्नेको संख्या २० करोड ४० लाख छ । अनौपचारिक क्षेत्रका दुई अर्ब कामदारमध्ये अधिकांश उदीयमान एवं विकासशील मुलुकका हुन् ।

श्रमबजारमा अनौपचारिक क्षेत्रको हिस्सेदारी ९० प्रतिशतभन्दा धेरै भएको भारत र नेपाल जस्ता मुलुक सबै भन्दा बढी प्रभावित छन् । भौगोलिक हिसाबले हेर्ने हो भने अफ्रिका र ल्याटिन अमेरिकाको कामदारको आय सबैभन्दा बढी ८१ प्रतिशतले घटेको छ ।

त्यसैगरी, युरोप र मध्यएसियामा ७० प्रतिशत घटेको छ । सबैभन्दा कम एसिया प्रशान्त क्षेत्रमा अनौपचारिक क्षेत्रका कामदारको २० प्रतिशत आम्दानी घटेको छ ।

तर अहिले नेपाल कोराना महामारीकै वीच आर्थिक मन्दी र मजदुरहरुको अवस्था जर्जर बनेपछि सरकारले सर्वजनिक यातायात होलट पसल र बजार खुल्ला गरेको छ भने उद्योग कलकाखना समेत सञ्चालन हुँने थालेको छन् । यसले केही मजदुरहरुलाई राहत दिएको छ ।

तर पूर्ण रुपमा उद्योग कलकारखना सञ्चालन नहुँदा सबै मजदुरुहरु रोजगारीमा र्फकन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..